अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययनको केन्द्र बन्दै बेलायत, यस्ता छन् रुचाउनुको कारण

बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययनको प्रमुख गन्तव्य बन्दै गइरहेको छ । हरेक वर्ष विभिन्न देशबाट अध्ययनका लागि करिब १ लाखभन्दा बढी विद्यार्थी बेलायत जाने गरेका छन् । 

बेलायतमा दुई सयभन्दा बढी देशका मानिसको बसोबास रहेको छ । यहाँ विभिन्न देशको प्रतिनिधित्व गर्ने व्यक्तिको बसोबासको थलो भएकाले यहाँ विभिन्न सांस्कृतिक दृश्यावलोकन गर्न र नयाँ विषयवस्तु सिक्ने र सिकाउने सुवर्ण अवसर प्राप्त हुन्छ । 

बेलायत अध्ययनको प्रमुख गन्तव्य किन बनिरहेको छ भन्ने जिज्ञासा मेटाउनका लागि यो आलेख तयार पारिएको छ । यो आलेखमा बेलायतलाई अध्ययनको केन्द्रविन्दु बनाउँदा के कस्ता फाइदा हुन्छन् र अध्ययनको गन्तव्य बेलायत नै किन भन्ने बारेमा चर्चा गरिनेछ । बेलायत किन विश्वव्यापी विद्यार्थीहरूको लागि अन्तिम गन्तव्य बनिरहेको छ भन्ने कुरा केहीहदसम्म यस आलेखमा समेट्ने कोसिस गरिएको छ । 

अध्ययनको अवसर

बेलायतमा मात्र १६० भन्दा बढी विश्वविद्यालय छन् । यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययन गर्न पाउँछन् । किनकी यहाँका विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई ध्यानमा राखेर विभिन्न पाठ्यक्रमहरू तयार गरेको छ । जसकारण विद्यार्थीलाई अध्ययनका लागि धेरै विकल्प हुन्छन् । उनीहरूले पाठ्यक्रम रोजी–रोजी अध्ययनलाई अगाडि बढाउन सक्नेछन् । यहाँ विद्यार्थीले अध्ययनको सुवर्ण अवसर प्राप्त गर्छन् भन्दा फरक पर्दैन । 

उत्कृष्ट विश्वविद्यालय



बेलायतमा रहेका ४० वटा विश्वविद्यालयहरू विश्वका उत्कृष्ट विश्वविद्यालय भित्र पर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ती उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउँदा उनीहरूलाई विभिन्न कोणबाट फाइदा पुग्छ ।

अनुसन्धानकर्ताको खानी 



बेलायतलाई अनुसन्धानकर्ताको खानी भन्दा फरक पर्दैन किनभने यहाँ करिब ५ सय मिलियन पाउण्डभन्दा बढी विभिन्न अध्ययन तथा अनुसन्धान भइसकेका छन् । यस तथ्यले के प्रमाणित गर्छ भने बेलायतमा अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिले सोहीअनुरूप वातावरण प्राप्त गर्छ । यहाँ विश्वभरका विद्यार्थीले अध्ययन तथा अनुसन्धान विषयमा गहन तरिकाले अध्ययन गर्ने मौका पाउँछन् । त्यसैले पनि बेलायत अध्ययनको प्रमुख गन्तव्य बनिरहेको छ । 

संसार परिवर्तन गर्ने सोच भएका व्यक्तिलाई बेलायतले अध्ययनका लागि विभिन्न अवसरहरू प्रदान गर्दै आइरहेको छ । बेलायतमा अध्ययन तथा अनुसन्धान गरेका व्यक्तिले संसारलाई चकित पार्ने नयाँ–नयाँ आविष्कार गर्न सफल भएका छन् । त्यसैले सृजनात्मक अध्ययन गर्ने विद्यार्थीलाई बेलायत सुहाउँदो वातावरण प्रदान गर्न सक्षम छ । र, विद्यार्थीहरूले सोहीअनुरूप सफलता पनि प्राप्त गर्न सक्छन् । 

पोस्ट–स्टडी वर्क भिसा

बेलायतमा अध्ययन गर्न गएका अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन अवधि पूरा गरिसकेपछि पोस्ट–स्टडी वर्क भिसा प्राप्त गर्छन् । उक्त भिसाले अध्ययन पूरा गरेका विद्यार्थीलाई दुई वर्ष बेलायतमा बस्न अनुमति दिन्छ । 

यस अवधिमा विद्यार्थीमा अध्ययनको कुनै भार हुँदैन । उनीहरू पूर्णरूपमा आफ्नो काम र लक्ष्यमा समय दिन पाउँछन् । उनीहरूले यस समयमा जीवन उपयोगी विभिन्न काम, सीप, व्यवहारिक अनुभव र सम्भावित रूपमा सुरक्षित रोजगारीका अवसरहरू पहिल्याउने अवसर प्राप्त गर्छन् । 

जसबाट उनीहरू बेलायतमा लामो समयसम्म वा स्थायी रूपमा बसोबासका लागि फाइदाजनक अवसर जुटाउन सफल हुन्छन् ।  

नोवेल पुरस्कार प्राप्त गर्ने अग्रणी राष्ट्र

निकै प्रतिष्ठित मानिने नोवेल पुरस्कार बेलायतले ७० भन्दा बढी पटक पाइसकेको छ । यसले पनि के दर्साउँछ भने बेलायतमा अध्ययन गर्ने व्यक्तिको भविष्य सुनौलो हुन्छ । बेलायतमा अध्ययन गर्नु भनेको आफ्नो भाग्य रेखा आफैँ कोर्नु सरह नै हुन्छ । यहाँ मेहनत गरेको प्रतिफल नपाउने कोही पनि हुँदैनन् । त्यसैले बेलायत अध्ययनको मुख्य केन्द्र रहेको छ । 

पुस्तकालयको खानी 

बेलायत पुस्तक प्रेमीहरूका लागि उपयुक्त स्थान हो । पुस्तकहरू मन पराउनेहरूका लागि बेलायतमा १ सय २० भन्दा बढी पुस्तकालयहरू छन् । जसमा १ सय ५० मिलियन पुस्तकहरू भएको प्रसिद्ध ब्रिटिस पुस्तकालय पनि छ । किताबी किराहरूको लागि बेलायत सपनाको सहर हो । जसरकाण पनि अन्तर्राष्ट्रिय विद्यार्थी पनि आर्कषित भइरहेका छन् । 

संस्कृति जताततै

अध्ययनका लागि आर्कषणको केन्द्रबाहेक बेलायत विभिन्न संस्कृतिको प्रवर्द्धन गर्ने थलो पनि हो । बेलायतमा एक हजारभन्दा बढी  सङ्ग्रहालय र ग्यालरीहरू छन् । जहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विभिन्न सांस्कृतिक अनुभवहरू बटुल्न पाउँछन् । अझ खुशीको कुरा के भने यी मध्ये केही सङ्ग्रहालय र ग्यालरीहरूमा निःशुल्क अवलोकन गर्न पाउने सुविधा पनि दिइएको छ । 

मनोरञ्जनका लागि आकर्षणको केन्द्रविन्दु

बेलायत अध्ययनका लागि मात्र नभई मनोरञ्जनका लागि पनि बेलायत प्रख्यात मानिन्छ । यहाँ मनोरञ्जनका लागि एक सयभन्दा बढी सिनेमाघर, एक सयभन्दा बढी पार्क, ती सयभन्दा बढी लाइभ म्यूजिक स्थल, पाँच हजारभन्दा बढी रेष्टुरेन्ट र सात हजार जति पब र बार रहेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायतले अध्ययनका साथै जीवनलाई कसरी रोमाञ्चित बनाउँछ भनेर प्रत्यक्ष अनुभवको अवसर प्राप्त गर्छन् । त्यसैले बेलायत जाने हरकोहीको सपना हुन्छ । र, धेरैले आफ्नो सपनालाई पछ्याएर बेलायतमा सुनौलो भविष्य निर्माण पनि गरिरहेका हुन्छन् । 

  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार ८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया