भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताको शीर्ष स्थानमा
फाइल फाेटाे

विश्वका चर्चित नेताहरूको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । ७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।

दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अंकको भिन्नता थियो । यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो । मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौं स्थानमा छन् । जो बाइडेनको अनुमोदन रेटिङ ३७ प्रतिशत छ । जुन मार्चयताकै उच्च हो । 

राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३को बीच लिइएको थियो ।  
 





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार ११:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया