logo-img

बुण्डेस लिगामा बार्यन म्युनिखको फराकिलो हार

जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बार्यन म्युनिखले फराकिलो हार बेहोरेको छ ।  

शनिबार राति भएको खेमाल बार्यन इन्ट्रान्च फ्रयाङ्कफर्टसँग ५–१ गोलले पराजित भएको हो । यो हारका कारण ऊ शीर्ष स्थानमा उक्लन पनि असफल भयो । 

फ्रयाङ्कफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक–एक गोल गरे । बायर्न म्युनिखका लागि जोशुआ किमिचले मात्र गोल गर्न सके ।   



१२ औं मिनेटमा ओमार मारमोउसले गोल गर्दै फ्रयाङ्कफर्टलाई अग्रता दिलाए । एरिक जुनियर डिना एबिम्बेले ३१ औं मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भएको थियो । 

३६ औं मिनेटमा हुगो लार्सनले गोल गर्दै फ्रयाङ्कफर्टलाई ३–० ले अघि बढाएका थिए । ४४ औं मिनेटमा बार्यनका जोशुआ किमिचले गोल गरेपछि पहिलो हाफको खेल ३–१ को अवस्थामा पुगेको थियो । 

५० औं मिनेटमा एबिम्बेले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रयाङ्कफर्ट ४–१ ले अघि बढेको थियो भने अन्सगर नाउफले ६० औं मिनेटमा गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।



जितपछि फ्रयाङ्कफर्टको १४ खेलबाट २१ अंक भएको छ । 



  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार ८:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया