युनिक्याम्पस ग्लोबलले उपत्यकामा सञ्चालनमा ल्यायो तेस्रो शाखा

युनिक्याम्पस ग्लोबलले काठमाडौं उपत्यकामा तेस्रो शाखा विस्तार गरेको छ । सोमबारदेखि ललितपुरको कुमारीपाटीमा युनिक्याम्पस ग्लोबलले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय उच्च शिक्षाको मागलाई परिपूर्ति गर्नका लागि ललितपुरमा नयाँ शाखा विस्तार गरिएको युनिक्याम्पस ग्लोबलले जनाएको छ । 

युनिक्याम्पस ग्लोबलका अनुसार ललितपुर क्षेत्रमा गुणस्तरीय वैदेशिक शिक्षा परामर्श सेवाको आवश्यकता रहेको ठहर गरी यो शाखा सञ्चालनमा ल्याइएको हो । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई मार्गदर्शकका रुपमा युनिक्याम्पसले आफ्नो दायित्व निर्वाह गर्ने युनिक्याम्पस ग्लोबलले जनाएको छ । 

‘हाम्रो निरन्तर प्रतिबद्धता अन्तर्गत ललितपुर, कुमारीपाटीमा हाम्रो तेस्रो शाखा खोल्न पाउँदा हामी उत्साहित छौँ, अतुलनीय शिक्षा परामर्श सेवाहरू प्रदान गर्न, यो विस्तार हाम्रो लागि प्रमाण हो,’ युनिक्याम्पस ग्लोबल, ललितपुरका बजार प्रमुख डा. कोमल शर्माले भने ।

युनिक्याम्पस ग्लोबल नेपालको एक अग्रणी शिक्षा परामर्शदाता हो । जुन विद्यार्थीहरूलाई उपलब्धि हासिल गर्न मद्दत गर्न समर्पित छ । नेपालभर धेरै स्थानमा युनिक्याम्पस ग्लोबलले आफूलाई भरपर्दो साझेदारको रूपमा स्थापित गरिसकेको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १७:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया