कैलालीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु
फाइल तस्बिर

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

यस्तै, सोमबार नै गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ८:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया