बारामा धान उत्पादन बढ्यो
फाइल तस्बिर

बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार ५ सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष २ लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए । गत वर्ष भने २ लाख ५० हजार ४ सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष अगहनी धान १ लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष अगहनी धान १ लाख ४३ हजार २ सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

मूल्यका हिसाबले यस वर्ष ८ अर्ब ६४ करोड ३ लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए । उनका अनुसार गत वर्ष ६ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो । रासस





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १७:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया