नेपाल प्राविधिक रुपमा पछाडि पर्नु दुःखद् : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रविधिको युगमा नेपाल प्राविधिक रुपमा पछाडि पर्नु दुखद् भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित डिजिटल सल्युसन कार्यक्रमलाई सम्बोधन गदै उनले पूर्वाधारका कामहरू प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुपर्ने बताए । 

उनले भने ‘नेपालको सन्दर्भमा प्रविधिमा हामी अलि पछाडि नै छौँ । हरेक क्षेत्रमा हामीलाई प्रविधिले नै गाइड गर्छ । प्रविधि वातावरण र पूर्वाधारबीचको सम्बन्ध जोडिएको हुन्छ समग्रमा पूर्वाधारका कामहरू कसरी प्रविधिमैत्री बनाउने, प्रविधिमैत्री जीवन कसरी बनाउने भन्ने हुन्छ ।’

अहिले हरेक कुरामा धेरै समय, खर्च लाग्ने र जोखिम व्यहोर्नुपर्ने अवस्थालाई नियन्त्रण र न्यूनीकरण गर्नका लागि पनि थ्रीडी टेक्नोलोजी उपयुक्त हुने उनले बताए । 

समय, लागत र जोखिम घटाएर कार्य सम्पादनमा सघाउने डिजिटल प्रविधि प्रयोगका लागि सरकारले समन्वय गर्ने भन्दै उनले मातहतका निकायहरूमा जडान गरेर अभ्यास गर्ने प्रतिबद्धता उनले जनाए । 

उनले भने, ‘सरकारका तर्फबाट हामीले गर्न सक्ने समन्वय र सरकारी निकायहरूमा पनि जडान गरेर अभ्यास गर्नका लागि प्रतिबद्धता जनाउँछु ।’   





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १९:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया