काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्, सडक व्यवस्थित बनाइसक्यौँ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले देशका तमाम समस्या समाधानका लागि तीन तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले तीन तहकै सरकार एक आपसमा समन्वय र  सहअस्तित्व गरेर अगाडि बढ्ने हो भने देशका तमाम समस्या समाधान हुने भन्दै त्यसको लागि नेपाल सरकार तयार रहेको बताए । 

उनले भने, ‘तीन तहकै सरकार हामी एक आपसमा समन्वय गरौँ । सहकार्य पनि गरौँ र सहअस्तित्व पनि  गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषि, मौलिक समस्याको रूपमा रहेको खानेपानी, फोहोर व्यवस्थापन, खोलाको समस्याको समाधानको क्षेत्रमा तमाम समस्या समाधानको उपाय भनेको हामी तीन तहको सरकारकाबीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ त्यसको लागि नेपाल सरकार तयार छ ।’

काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको उनले दाबी गरे । मन्त्रालयअन्तर्गतका सम्पूर्ण सडक खण्डमा रहेका खाल्डाहरू व्यवस्थित गरी सकेको उनको भनाई  छ । 

‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । खाने पानिले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ,’ उनले भने, ‘त्यसका बाबजुद पनि हाम्रो मन्त्रालयअन्तर्गतका सम्पूर्ण  खाल्डा हामीले व्यवस्थित गरेको छौँ । र बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ । ’





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १४:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया