ब्राजिलको फ्लुमिनेन्स फिफा क्लब विश्वकपको फाइनलमा

ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । इजिप्टको क्लब अल आलीविरुद्ध २–० को जित हात पार्दै फ्लुमिनेन्स फाइनल प्रवेश गरेको शो ।  

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा गएराति सम्पन्न खेलमा फ्लुमिनेन्सको जितमा जोन एरियास र जोन केनेडीले गोल गरे । 

७१ औँ मिनेटमा रियल म्याड्रिडका पूर्वफुलब्याक मार्सेलोलाई अल आलीका खेलाडीले बक्सभित्र फल गरेपछि फ्लुमिनेन्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा एरियासले गोल गरे । 

८९ औँ मिनेटमा वैकल्पिक खेलाडी क्यानेडीले गोल गर्दै फ्लुमिनेन्सलाई फाइनलमा पुर्याए । फ्लुमिनेन्सले अब उपाधिका लागि शुक्रबार जापानको उरावा रेड्स र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

सिटी र उरावा रेड्सबीचको खेल आज राति पौने १२ बजे सुरु हुनेछ । 





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार ७:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया