logo-img

हबको कुमारीपाटी शाखामा अभिभावक र विद्यार्थीको आकर्षण

हब इन्टरनेशनल एजुकेशन शैक्षिक परामर्श क्षेत्रको एक विश्वसनीय संस्थाको रूपमा परिचित छ । सन् २००६ मा स्थापना भएको हबले देशभरका विभिन्न जिल्लामा आफ्ना शाखा विस्तार गरेको छ ।

जसमध्ये ललितपुरको कुमारीपाटीमा पनि हबको शाखा कार्यालय सञ्चालनमा रहेको छ । हबले दुई वर्षअघि नै कुमारीपाटीमा आफ्नो आवश्यकता महसुस गरेर शाखा विस्तार गरेको थियो ।

करिब दुई दशकदेखि विदेशबाट उच्च शिक्षा पूरा गर्ने इच्छुक विद्यार्थीको सपना सकार पार्दै आएको हबले कुमारीपाटी शाखाबाट पनि सेवा दिन थालेपछि विद्यार्थीहरुले सहज महसुस गरिरहेका छन् । यस शाखाले आइएलटिएस, पिटिई, टोफल्सलगायत तयारी कक्षासमेत गराउँदै आएको छ ।



यस शाखाले विद्यार्थी संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यानमा राखेर काम गर्ने गरेको, विद्यार्थीलाई उचित र तथ्यपरक परामर्श दिने गरेको अष्ट्रेलिया जाने तयारीमा रहेका युवराज पाण्डे बताउँछन् । उनले यसै शाखाबाट अष्ट्रेलियाको लागि तयारी गरिरहेको बताए ।

स्थापनाकालदेखि नै हबले अस्ट्रेलिया, बेलायत, अमेरिका, आइरल्याण्ड, श्रीलंका, पाकिस्तान र भियतनाममा शाखा कार्यालयहरू विस्तार गरेर विद्यार्थीलाई परामर्श दिँदै आएको छ । काठमाडौं, ललिपुर, पोखरा, नेपालगञ्ज, भैरहवा, बुटवललगायत देशका प्रमुख सहरमा हबका शाखा कार्यालयहरू सञ्चालनमा छन् । 

हब इटरनेशनलले ललितपुरका विद्यार्थीको आश्यकतालाई मध्यनजर गर्दै उनीहरूको सहजीकरणका लागि कुमारीपाटीमा दुई वर्षअघि सञ्चालनमा ल्याएको हब कुमारिपाटीका एमडी कविराज थापाले जानकारी दिए ।



उनका अनुसार हब कुमारीपाटीले विद्यार्थीको मात्रा नभई गुणस्तरमा ध्यान दिँदै आइरहेको छ ।

धेरै विद्यार्थीलाई अध्ययनको लागि विदेश पठाउनेभन्दा पनि उनीहरूको सन्तुष्टि तथा गुणस्तरमा ध्यान दिने गरेको एमडी थापाले बताए ।



पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू विभिन्न प्रलोभनमा परेर नक्कली कागजात बनाउने र पछि विभिन्न समस्या पर्ने गरेका घटना बढेकाले कुमारीपाटी शाखाले त्यस्ता विषयमा पनि विद्यार्थीलाई सजग गराउने गरेको थापाले बताए ।

यस शाखाले सही तरिकारले सहज वातावरणमा विद्यार्थीलाई विदेश जान सहजीकरण गरिदिने गरेको उनको भनाइ छ ।

गुणस्तर र सही सूचना प्रवाह गर्ने भएका कारण हब इन्टरनेशनल कुमारीपाटीको भिसा सफलतादर पनि उच्च रहेको एमडी थापाले बताए ।

परामर्शका लागि आउने विद्यार्थी तथा अभिभावकबाट समेत सकारात्मक प्रतिक्रिया पाउने गरेको थापा बताउँछन् । हब कुमारीपाटी एक विश्वासनीय र भरपर्दाे शैक्षिक परामर्शदाता रहेको उनको दाबी छ । 

  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १७:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया