गाजापट्टीमा मानवीय सहायता जारी राख्ने पुटिनको प्रतिबद्धता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजापट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले इजरायल र हमासबीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रहसमेत गरेका छन् ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रुसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणसहित अत्यावस्यक सामान आपूर्ति गर्न जारी राख्ने बताएका छन् ।

यसैबीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति  पुटिनले ‘रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान’ चाहेको उल्लेख गरेको छ ।     





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार २२:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया