नेपाल–भारत अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

नेपाल–भारत अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कवितासंग्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कवितासंग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तकसंग्रह ‘फूलको प्रहार’ विमोचन गरे । 

रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए । ‘उत्तराखण्ड र सुदूरपश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो,’ उनले भने, ‘सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ ।’ दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले सम्बन्ध प्रगाढ बनाएको उनको भनाइ थियो । 

उत्तराखण्डका डा. पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए । ‘हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ,’ उनले भने, ‘सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ ।’

समय–समयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको उनले बताए । 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १८:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया