सन् २०२३ मा डेंगी संक्रमितको संख्या ५० लाख नाघ्यो

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ ।

जलवायु परिवर्तन पनि आंशिकरूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ ।

डब्ल्यूएचओका अनुसार ४अर्ब मानिस डेंगीको जोखिममा छन् । डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । 

डेंगीको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ । 





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार ६:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया