शिक्षक सेवा आयोगले माग्यो ४ सयभन्दा बढी मावि शिक्षक

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षक माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै आयोगले प्रदेशगतरूपमा शिक्षक माग गरेको हो ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार ४ सयभन्दा धेरै माध्यमिक शिक्षक मागिएको छ । माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवेदन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । 

यद्यपि अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

हेर्नुस् सूचना :





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार ७:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया