logo-img

इजरायली सेनाद्धारा गाजाका अस्पतालमा लगातार आक्रमण

इजरायली सेनाले गाजाकाअस्पतालमा लगातार आक्रमण गरिरहेको छ । सिएनएनका अनुसार इजरायली सेनाले कमलअडवान अस्पतालमा आक्रमण गरेको हो ।

इजरायली सेनाले बुलडोजरले प्यालेस्टिनीको शव कुल्चेको पनि बताइएको छ । जसका कारण त्यहाँ कार्यरत धेरै डाक्टरहरू त्रसित भएका छन् ।  

अस्पतालका बालरोग सेवाका प्रमुख होसाम अबू सफियाले भने, ‘सैनिकहरूले चिहान खने र बुलडोजरले शवलाई ताने र बुलडोजरले कुचले ।’  



यस्तै, इजरायली सेनाले हमास र इस्लामिकजिहादसँग सम्बद्धकरिब २ सय प्यालेस्टाइनीलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार हमास र इस्लामिक जिहादकायी सदस्यलाई पछिल्लो सात दिनमा पक्राउ गरिएको हो ।
 





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार ८:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया