इराक र सिरियामा टर्कीका सेनाको हवाई आक्रमण तीव्र

टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेको छ । आफ्ना १२ सैनिकको मृत्युपछि बदला लिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो ।

रोयटर्सका अनुसार टर्कीको रक्षा मन्त्रालयले शनिबार वायुसेनाले उत्तरी इराक र सिरियामा कुर्दिस्तानवर्कर्स पार्टीको स्थानमा हवाई हमला गरेको जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार प्रतिबन्धित संगठन कुर्दिस्तानवर्कर्स पार्टी उत्तरी इराकमा गत दुई दिनमा १२ टर्की सैनिक मारिएपछि टर्कीले जवाफमा २९ वटा सेल्टर ध्वस्त पारेको जनाइएको छ ।

टर्किस वायुसेनाले राति १० बजे उत्तरी इराक र सिरियामा आक्रमण गरेको थियो । यसअघि शनिबार रक्षा मन्त्रालयले उत्तरी इराकमा पीकेके आतङ्ककारीसँगको भिडन्तमा आफ्ना १२ सैनिक मारिएको बताएको थियो । 

मन्त्रालयले शुक्रबार सात आतंककारी मारिएको पनि जनाएको छ । पीकेकेलाई टर्कीसहित संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी समूह घोषणा गरेको छ ।
 





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार १०:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया