logo-img

आमा–छोरा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
फाइल तस्बिर

प्युठानको झिमरुक गाउँपालिका–३  पिपल रुख भन्ने स्थानमा दुईजना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्स्पेक्टर हुमानन्द खनालका अनुसार उनीहरू घरबाट दुईसय मिटर पर रहेको काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।



उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ११:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया