पाकिस्तानी पूर्वप्रधानमन्त्री खान सर्वोच्च अदालतको शरणमा

पाकिस्तानमा चुनाव नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्दै गएको छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्वप्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ । 

तोशखाना मुद्दामा सजाय काटिरहेको इमरान सजाय रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र १ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ ।

उनलाई तल्लो अदालतका न्यायाधीशहरूले तोशखाना मुद्दामा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेका थिए । अदालतले खानलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरेको छ । 

अदालतको यो निर्णयविरुद्ध अधिवक्ता सरदार लतिफखोसा इमरानको तर्फबाट सर्वोच्च अदालत पुगेका छन् । खानको कानुनी टोलीले २३ डिसेम्बरमा सर्वोच्च अदालतका रजिस्ट्रारलाई पनि अपील गरेको थियो । अदालतको आदेशका कारण खानले अब चुनाव लड्न पाउँदैनन् ।

तोशखाना प्रकरण के हो ?

पाकिस्तानको कानूनअनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ । यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबरको रकम तिर्नुपर्नेछ । 



यो लिलामी प्रक्रियामार्फत निर्णय गरिन्छ । यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ ।
सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ उपहार पाएका थिए । 

यी महँगा उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए । पछि इमरानले सस्तो मूल्यमा तोशखानाबाट किनेर बजारमा चर्को मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा पनि परिवर्तन गरे । 



इमरानले ती उपहारहरू तोशखानाबाट २.१५ करोडमाकिनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए । उपहारमा एउटा ग्राफघडी, कफलिङ्कको एक जोडी, महँगो कलम, एउटा औँठी र चारवटा रोलेक्स घडी पनि थिए ।

  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ११:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया