राष्ट्रिय सभाका लागि गण्डकी प्रदेशबाट कांग्रेसका १ सय ७८ जनाको नाम सिफारिस (नामावलीसहित)

नेपाली कांग्रेस गण्डकी प्रदेशले राष्ट्रिय सभा निर्वाचनका लागि १ सय ७८ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । गण्डकी प्रदेशबाट अन्य, महिला र अपागता, अल्पसंख्यकमा १–१ गरी तीन पद रिक्त हुँदै छ । आउँदो माघ ११ गते हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी सबैको नाम सिफारिस भएको हो ।

सिफारिस भएका नाममा प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वमन्त्री रोमी गौचन थकाली लगायतको नाम समावेश छ ।

राष्ट्रिय सभा अध्यक्षबाट बिदा हुन लागेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदै छ । उनीहरू गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । 

आकांक्षीहरूको​ नामावली





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार २३:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया