logo-img

सेयर बजार : नेप्से १.९३ अंकले घट्यो, सात कम्पनीका सेयरमा सर्किट

नेप्से आज १.९३ अंकले घटेको छ । १०३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३५ कम्पनीका लगानीकर्ताको सेयर मूल्य घटेको छ । 

भिजन लुम्बिनी, हाथ्वे इन्भेस्टमेन्ट, मनकामना इन्जिनियरिङ लगायतका कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ । धौलागिरि र बिपिडब्लु लघुवित्तको सेयर मूल्य घटेको छ । 

सूचक घटेपछि कारोबार रकम घटेको छ । बिहीबार ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । 



कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो । सोनापुरको १४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

१३ करोड ५६ लाखको कारोबार भएको शिवम् सिमेन्ट दोस्रो, १३ करोड ४३ लाखको कारोबारले घोराही सिमेन्ट तेस्रो र १२ करोड ९८ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो स्थानमा रह्यो । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १८:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया