युवाको आक्रोशलाई दमनले होइन संवादले हल गर्नुपर्छ : बाबुराम भट्टराई
फाइल तस्बिर

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको आक्रोशलाई दमनभन्दा संयम र संवादले हल गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार इपिएस परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै आन्दोलन गर्नेक्रममा प्रहरीसँगको झडपमा दुई युवकको मृत्यु भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । 

उनले बालकुमारी घटना खेदजनक र दुःखद् रहेको पनि टिप्पणी गरेका छन् ।

‘वैदेशिक रोजगारीमा जाने परीक्षाको माग गर्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले गोली चलाएर ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानु अत्यन्त दुःखद र खेदजनक छ,’ भट्टराईले भनेका छन्, ‘बेरोजगार युवाहरूको आक्रोशलाई दमनले हाेइन संयम र संवादले हल गर्नुपर्छ भन्ने चेत सत्तामा पुग्ने बित्तिकै हराउनु झन् आपत्तिजनक छ ।’ 






  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २३:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया