logo-img

मधुमेह भएका व्यक्तिले के कस्ता कुरामा ध्यान दिनुपर्छ ? यस्तो छ चिकित्सकको सुझाव

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी बढी रहेका छन् । मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । 

खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह । मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो । अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ । 

शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ । त्यसैले प्रत्येक व्यक्ति तथा मधुमेह भएका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । 



मधुमेहका बिरामील यस्ता खानेकुरामा ध्यान दिन सुझाउँछन् मधुमेह रोग विशेषज्ञ डा. सुनिल पोखरेल :  

  • सादा सलाद जस्तै काँक्रो, मुला, गाजर, गोलभेँडा, प्याज खाने बानी बसाल्ने । 
  • सागसब्जी वा सागसब्जीको सुप, पातलो मही, कागती पानी, मधुमेहका रोगीले ध्यान दिनुपर्ने कुरा, खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात् चिल्लो कम गर्ने ।
  • बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि खानु हुँदैन । सकभर रातो मासु खान हुँदैन । खान परेको खण्डमा थोरै मात्रामा खानुपर्छ । 
  • तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलु चिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि खानुहुँदैन । 
  • चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट आदि नखाने ।
  • ताजा फलफूलबाहेक टिनमा बन्द फलफूल तथा फलफूलका जुसहरू खानुहुँदैन । 
  • हल्का पेय पदार्थ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखाने ।
  • आफ्नो जीवनशैली, खानपानलाई परिवर्तन गर्ने ।
  • मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
  • दैनिक शारीरिक व्यायाम गर्ने ।

(मधुमेह रोग विशेषज्ञ डा. पोखरेलसँग गरिएको कुराकानीमा आधारित ।)
 





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार ७:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया