‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, सिके राउत पनि प्रहरीको नियन्त्रणमा

धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहित प्रहरीले जनमतका सचिव बिपी साहलगायतलाई नियन्त्रणमा लिएको हो । अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ । 

माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १०:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया