युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ ल्याउने

ताप्लेजुङमा ५० मेगावाटको आयोजना निर्माण गरिरहेको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच सोमबार सम्झौता भएको छ । 

साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा युनाइटेड मेवाखोला हाइड्रोपावरका कार्यकारी अध्यक्षआशिष थापार सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासनको बिक्री प्रबन्धकको काम गर्नेछ । युनाइटेड मेवा खोला हाइड्रोपावरले ताप्लेजुङमा ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार २२:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया