logo-img

चिसोमा आँखाको हेरचाह कसरी गर्ने ? यस्ता छन् डा. विभूतिका सुझाव

आँखा मानव शरीरको अभिन्न अंग हो । चिसो मौसममा सम्पूर्ण जसरी मानव शरीरको हेरचाह गरिन्छ । त्यसरी नै विशेषगरी आँखा हेरचार गर्न अत्यन्त महत्वपूर्ण छ । 

हिजोआज धेरै मानिसको दिनचर्या मोबाइल, टीभी, कम्प्युटर, ल्यापटपलगायत ग्याजेट्सको प्रयोगमा बित्ने गर्छ । त्यस्तै, चिसो बढेसँगै मानिस ग्यास हिटर, हिटरको प्रयोग गर्छन् ।

यस्ता कुराले आँखालाई प्रत्यक्ष प्रभाव पारिरहेको हामीले ख्याल नै गर्दैनौँ । यसले आँखालाई केही हदसम्म प्रभाव पार्छ । चिसोयाममा आँखालाई स्वस्थ राख्न निम्न कुरामा ध्यान दिन आवश्यक छ :



– चिसोको दिनमा सामान्य रुघाखोकीको समस्या हुने गर्छ । जसका कारण आँखामा पानी आउने जस्ता समस्या पनि आउन सक्छ । त्यसैले चिसो हावामा आफूलाई राम्रोसँग छोप्नुपर्छ ।

– इलेक्ट्रोनिक उपकरण : हिटर, पंखा, एअर कन्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्नुहुँदैन । यसले आँखामा भएको पानीलाई सोसेर आँखा सुक्खा हुने समस्या निम्त्याउँछ । 

–चिसो मौसममा विशेष गरी निधार र कान छोपेर राख्नुपर्छ । यस्तो गर्दा चिसोले आँखा दुख्ने समस्या कम हुन्छ ।



– आँखा सम्बन्धी कुनै पनि समस्याबाट बच्नुपर्छ । आँखामा जलन, चिलाउने, सुन्निने, दुखाइ आदि एक दिनभन्दा बढी रह्यो र सामान्य उपचारबाट पनि राहत नपाएमा तुरुन्तै आँखा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

– नियमितरूपमा आँखाको व्यायाम गर्नुपर्छ । 



– आँखालाई बारम्बार आँखा छुनुहुँदैन । हाम्रो हातमा हुने कीटाणु, भाइरस र फोहोर मुख र आँखाबाट सजिलै शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले बारम्बार हात–आँखाको सम्पर्कले समस्या निम्त्याउन सक्छ । जाडोमा भाइरल केराटाइटिस जस्ता समस्या पनि हुन सक्छ । जसले गर्दा कोर्निया सुन्निने हुन्छ । त्यसैले आँखा छुन मन लागे पनि हात धोएपछि मात्र छुनुहोस् । 

  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ८:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया