logo-img

अफगानिस्तानले एक वर्षमा निर्यात गर्‍यो २ अर्ब अमेरिकी डलरको सामान

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ ।  उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले  दिएको जनाकारीअनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको  छ ।

यसै गरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले)  वृद्धि भएको  निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मंगलबार उल्लेख गरेको छ ।

अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ ।



यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताएका थिए ।  

अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैँचा, बहुमूल्य पत्थर धातु रहेका छन् ।    





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १३:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया