वरिष्ठ कवित्रयको संयुक्त कृति ‘आमा’ सार्वजनिक

समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्त रुपमा तयार पारेको काव्यकृति ‘आमा’ आज लोकार्पण गरिएको छ ।   

नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले कृतिको लोकार्पण गरेका हुन् । माथेमाले उक्त काव्य कृतिमा प्राकृतिक विम्ब समावेश भएकाले पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको बताए । विद्यालय तहदेखि नै विद्यार्थीमा साहित्यसम्बन्धी ज्ञान दिन आवश्यक रहेको उनले बताए । 

जम्मा ७९ पृष्ठमा तयार गरिएको उक्त पुस्तकमा तीन कविहरुले तीन खण्डमा आमा शीर्षकका कविता लेखेका छन् । पुस्तकको मूल्य दुई सय ५० निर्धारण गरिएको छ ।  

उक्त पुस्तकका लेखक एवं कवि तीर्थ श्रष्ठले संसारमा सबैभन्दा बढी बोलिने, खर्च गरिने र प्रिय शब्द आमा भएकाले यस शीर्षकमा नेख्नका लागि आफू कहिल्यै नथाक्ने बताए । त्यस्तै, अर्का लेखक शिव गौतमले  आमाको स्पर्श र अभाव साथैसाथै रहिरहने बताए । 

सो अवसरमा कवि मञ्जुल, गौतम र श्रेष्ठको कवितामा सरल भाषामा लेखिएका गहन अनुभूति र विचार पाइने भएकाले आफूसहित तीनैजना मिलेर संयुक्त रूपमा काव्यकृति तयार पारी सार्वजनिक गरिएको जानकारी दिइएको थियो । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १९:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया