सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय हुन्छ : क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविष्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन् । 

उनले भने,‘हामीले कानुनी परामर्श गरेका थियौँ । सन्दीपजीका कानुन व्यवसायीसँग कुराकानी गर्दा क्यानले अहिले आधिकारिक वक्तव्य निकाल्नुभन्दा पहिला पुस २५ गतेसम्म कुरौँ भन्ने सल्लाह भयो । अध्यक्ष ज्यूसँग पनि त्यही सल्लाह भएको छ । त्यसैले पुस २५ पछि मात्र सन्दीपजीको भविष्यलाई लिएर संघले निर्णय गर्छ ।’ 

काठमाडौं जिल्ला अदालतले पुस २५ गते मात्र सन्दीपमाथि हुने कैद सजायबारे जानकारी दिँदै छ । 





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १५:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया