logo-img

राकस १८ औँ वर्षमा, व्यावसायिकतामा अब्बल रहेको दाबी

 राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठन (राकस) का अध्यक्ष दीपेन्द्र कार्कीले व्यावसायिकतामा संगठन अब्बल रहेको बताएका छन् ।

धुलिखेलमा आयोजित राकसको १८ औँ वार्षिक उत्सव कार्यक्रममा उनले संगठनमा आबद्ध सबै कर्मचारी अब्बल र सक्षम रहेको बताएका हुन् । कार्कीले आफूहरू व्यावसायिकता र पेशागत मर्यादा कायम गर्न प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा राकसका महासचिव उभार पाण्डेले सामाजिक सदौबाजीमा आफूहरू कहिल्यै नझुक्ने बताए । ‘सामाजिक सौदाबाजी र पेशागत हकहित सुनिश्चितताका लागि संगठन स्थापना भएको हो,’ उनले भने, ‘यसमा हामी कहिल्यै झुक्दैनौँ बरु अझैँ जुझारु भएर लाग्छौँ ।’



कार्यक्रममा लामो समय बैंकमा रही सेवा प्रदान गरेको भन्दै संगठनका उपाध्यक्ष जितेन्द्र राई, मनिकरत्न साक्य, निरु थपलिया, अनिता भुर्तेल, राम अवतार गुप्ता, देव नारायण चौधरीलगायतलाई सम्मानसमेत गरिएको थियो ।  

उनीहरूलाई राष्ट्रिय वाणिज्य बैंकका पूर्वनायव प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले मायाको चिनो र दोसल्ला ओढाएर सम्मान व्यक्त गरे ।



कार्यक्रममा राकसमा आबद्ध केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कार्यालयका पदाधिकारीलगायत बैंकको उपत्यका विभिन्न शाखामा कार्यरत शाखा प्रबन्धक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १३:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया