भारतीय दूतावासको २० करोड लगानी षडयन्त्रपूर्ण योजना हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भइरहेकोमा एकै पटक अहिले २० करोड पुर्‍याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका हुन् । 

‘कुनै बेला दूतावासले तीन करोड वितरण गर्दथ्यो । पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्‍याइएको छ । यो हाम्रो राष्ट्रको बजेट अन्तर्गत होइन । कुनै पनि मुलुकको दूतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ,’ उनले भने,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ । असहमति प्रकट गर्दछ ।  सम्झौता राष्ट्रिय हित विपरीत हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा ह्रास आउने कुरा हो ।’ 

फरक प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सल्काउने काम भएको पनि टिप्पणी गरे । 





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १४:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया