फ्रेन्च कपमा पिएसजी ९–० ले विजयी, एमबाप्पेको ह्याट्रिक

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कपमा छैटौं श्रेणीको एमेच्योर क्लब रेभेलविरुद्ध ९–० गोल अन्तरको जित निकालेको छ । राउन्ड अफ ६४ को यो खेलमा पिएसजीले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ५ गोल गर्‍यो ।   

पिएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । उनले १६ औँ, ४५औँ ४८ औँ मिनेटमा ह्याट्रक पूरा गरेका हुन् । 

यस्तै, कोलो मुअनीले दुई, मार्को एसेन्सियो, गोन्कालो रामोस, चेर एनडौरले समान एक गोल गर्दा म्यासेन्स एनगुइसनले एक आत्मघाती गोल गरे ।

यही खेलमा एमबाप्पे फ्रेन्च कपमा क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले फ्रेन्च कपमा २२ खेलमा ३० गोल गरेका छन् ।   





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार ९:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया