टर्कीको इस्तानबुलको मेयरमा सत्तारुढ दलबाट पूर्वमन्त्रीले उम्मेदवारी दिने

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार आफ्ना पूर्ववातावरणमन्त्री मुरात कुरुमलाई इस्तानबुलको आगामी मेयरको निर्वाचनका लागि उम्मेदवार उठाउने घोषणा गरेका छन् । कुरुमले सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) बाट मेयरको पदमा प्रतिस्पर्धा गर्नेछन् । 

योसँगै मार्चमा हुने चुनावमा कुरुमले प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का वर्तमान मेयर एकरेम इमामोग्लुसँग प्रतिस्पर्धा गर्नेछन् । टर्कीको सबैभन्दा ठूलो सहरमा झन्डै २५ वर्षको शासनपछि सन् २०१९ मा एर्डोगनको एकेपी इस्तानबुलमा सीएचपी पराजित भएको थियो । 

एकेपीले महानगरपालिकाका लागि आफ्ना २६ जना उम्मेदवार मात्रै सार्वजनिक गरेको छ । 





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १०:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया