सेक्युरिटी प्रेस, एमडीएमएस, टेरामक्समा व्यापक भ्रष्टाचार भएको दाबी

सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस मुलुकका लागि आवश्यक भए पनि यसको खरिद प्रक्रियामा सरकारी अधिकारीहरु इमानदार नभएको आरोप युवाहरुले लगाएका छन् । 

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुले मुलुकलाई आवश्यक प्रणाली खरिदमा सरकार पारदर्शी हुन नसक्दा भ्रष्टाचार बढेको टिप्पणी उनीहरुले गरे । डा. निकोलस भुसालले सेक्युरिटी प्रिन्टिङ प्रेस, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रणालीमा व्यापक घोटाला भएको आरोप लगाए । 
सरकारका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी उनले गरे ।  

टेरामक्स खरिद प्रक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनू भनेर आदेश दिएको अवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई रोक्न चाहिरहेको उनले दाबी गरे । 

सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि समेत ४ अर्ब बुझाइसकिएको उनले बताए ।  प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम चाहिँ विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए । 

इन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरिटी प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए । 

एमडीएमएसमार्फत फोनहरुलाई कन्ट्रोल नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेसनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजस्व र कल डिटेल, नेटवर्क मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको उनले बताए । 



युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एसके तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएसको आवश्यकताबारे प्रष्ट पारेका थिए ।



  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार २२:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया