जनकपुरबाट हराएको बस सिराहामा भेटियो

जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार गोलबजार नगरपालिका–७ मा पार्किङ गरेको अवस्थामा उक्त बस भेटिएको हो । 

जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका–३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।

बस फेला परे पनि कसरी गोलबजारमा पुग्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ९:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया