पूर्वडिआइजी शाहलाई तीन वर्ष जेल सजाय
छापामारको छोरो कृतिबाट पाएका थिए मदन पुरस्कार

विशेष अदालतले पूर्वडिआइजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ । अख्तियारले २० फागुन ०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । बुधबार विशेषले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो । 

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ ।

शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत दोषी ठहर गरेको थियो ।

यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए ।

पूर्वडिआइजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनले छापामारको छोरो कृतिबाट  मदन पुरस्कार पाएका थिए । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १९:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया