नेपाली महिला क्रिकेटर शीला रेग्मी क्षेत्री र सुमन खतिवडा अस्ट्रेलिया जाने भएका छन् । यही पुस २८ गते उनीहरू सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको निमन्त्रणामा अस्ट्रेलिया जाने भएका हुन् ।
उनीहरू दुवै कास्कीबाट छनोट हुँदै गण्डकी प्रदेशबाट खेल्ने गर्दछन् ।
सुमन भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटर भएकी थिइन् । शीलाले अलराउण्डरको भूमिकामा राम्रो प्रदर्शन गर्दै आएकी छन् ।
सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका हेड कोच अस्ट्रेलियाका पूर्वकप्तान एलेक्स ब्ल्याकवेल हुन् । शीला र सुमन दुवैले एलेक्सबाट विभिन्न प्रशिक्षण लिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।