सवारी चालक अनुमतिपत्र छपाइ रोकिँदैन : मन्त्री ज्वाला

भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल संघको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए । 

मन्त्री ज्वालाले भने, ‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौँ । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ,’ उनले भने, ‘माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।’ 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, ‘स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।’

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासंघका सचिव भरतप्रसाद फुयाल, संघका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीलगायत वक्ताले मन्तव्य व्यक्त गरेका थिए । 

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् । 





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार १७:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया