logo-img

सिरी ‘ए’ मा इन्टर मिलानको सानदार जित

इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानमा रहेको इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले मोन्जाविरुद्ध ५–१ को एकतर्फी जित निकालेको हो ।

इन्टरलाई जिताउनका लागि हाकान  लाउतारो मार्टिनेजले २/२ गोल गर्दा मार्कस थुरामले एक गोल थपे ।  



मोन्जाका लागि मोटियो प्रेसिनाले एक गोल फर्काए । १२ औं मिनेटमा हाकानले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाए । १४ औं मिनेटमा मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा इन्टर मिलानले खेल २–० ले आफ्नो पकडमा राखेको थियो । ६० औं मिनेटमा हाकानले व्यक्तिगत दोस्रो गोल गर्दा ३–० ले अघि बढ्यो ।

६९ औं मिनेटमा पेनाल्टीमार्फत मोन्जाका प्रेसिनाले गोल फर्काउँदै अन्तर ३–१ मा झारे । ८४ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ८८ औं मिनेटमा थुरामले गोल गरेपछि इन्टर मिलान ५–१ को फराकिलो जित निकाल्न सफल भयो ।



इन्टर मिलान २० खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा रहँदा मोन्जा २५ अंकका साथ ११ औं स्थानमा छ । सिरी एमा भेरोनाले इम्पोलीलाई २–१ गोल अन्तरले पराजित गर्दा नापोलीले सालेरेन्टिनालाई २–१ कै नतिजाले स्तब्ध बनाएको छ ।  

त्यसैगरी जियोना र टोरिनोले भने गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । 



  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १०:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया