logo-img

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार : पाँच पक्राउ, चारजना फरार
प्रतीकात्मक तस्वीर

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटना बाहिर आएको छ । सो बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । साथै, यस घटनामा संलग्न​ आरोप लागेका चारजना अझै फरार छन् । 

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।  

प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकायालगायत १४ वर्षमुनिका तीजना नाबालकलाई पक्राउ गरेको छ । 



बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य तीन जना नाबालक भने फरार रहेका छन् । बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामूहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले जानकारी दिए । बलात्कारपछि बालिकाको पेटमा गर्भ छ । 

बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर ‘एकछिन काम छ’ भन्दै बाहिर बोलाएका थिए । डेरा बाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार ९:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया