पिएसजीको जितमा एम्बाप्पेको गोल, शीर्ष स्थानमा ८ अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शीर्ष स्थानमा अग्रता बलियो बनाएको छ । आइतबार राति भएको खेलमा लेन्सलाई २–० गोल अन्तरले पराजित गर्दै ३ अंक थपेपछि पिएसजीले ८ अंकको अग्रता बनाएको हो । 

पिएसजी ४३ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नाइस ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पिएसजीसँग पराजित भएको लेन्स भने २८ अंकका साथ आठौं स्थानमा छ ।

आइतबार राति लेन्सविरुद्ध पीएसजीलाई जिताउन ब्राड्ले बारकोला र केलियन एम्बाप्पेले एक/एक गोल गरे । खेलको सातौं मिनेटमा लेन्सका प्रेजेमिस्लाव फ्राकोस्कीले प्रहार गरेको पेनाल्टी खेर गएपछि अग्रता बनाउन असफल भयो । 

त्यसपछि लय गुमाएको लेन्सविरुद्ध ३० औं मिनेटमा एम्बाप्पेको पासमा बारकोलाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए दिलाए । पहिलो हाफको अतिरक्त तेस्रो मिनेटमा लेन्सका जोनाड ग्राडिट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीले दोस्रो हाफ पूरै खेल्नु परेको थियो । त्यसको भरपूर फाइदा पिएसजीले उठाउन भने असफल भयो । 

१० खेलाडीविरुद्ध हावी हुन नसके पनि ८९ औं मिनेटमा एम्बाप्पेले ओस्मन डेम्बेलेको पासमा गोल गरेपछि पीएसजी २–० को जित निकाल्न सफल भयो । फ्रेन्च लिग वानकै अर्को खेलमा ली हाभ्रैले लियोनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो खेलमा लियोनका २ खेलाडी रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ३० औं मिनेटमा ज्याक ओब्रियन र ९० औं मिनेटमा डिउज एलेटा कारले रातो कार्ड पाएका थिए ।



गौटियर लोरिसले १८ औं मिनेटमा गोल गर्दै हाभ्रेलाई अग्रता दिलाएका थिए  । ५० औं मिनेटमा इमानुयल साबीले ५० औं मिनेटमा अग्रता दोब्बर बनाए । लियोनका एलेक्जेन्डर लाकाजेटीले ५४ औं मिनेटमा गोल गर्दै अन्तर २–१ मा झारेका थिए ।

६२ औं मिनेटमा क्रिष्टोफर ओपेरीले गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो । तालिकामा ली हाभ्रे ११ औं तथा लियोन १६ औं स्थानमा छन् ।​ यसैगरी ब्रेस्टले मोन्टपिलरलाई २–० गोल अन्तरले पराजित गर्दा टोसुलोले मेट्जमाथि १–० को जित निकालको छ । यसैगरी केलमोन्टले नान्टेसजविरुद्ध २–१ को जित निकाल्दा लिलेले लोरेन्टलाई ३–० ले स्तब्ध बनायो ।



  • प्रकाशित मिति : माघ १, २०८० साेमबार ९:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया