प्राध्यापक पौडेलले ल्याए समृद्धिको ‘अष्ट ज’

 पर्यावरणीय वैभवको वर्णन रहेको पुस्तक ‘अष्ट ज’ सार्वजनिक भएको छ । अमेरिकाको युनिभर्सिटी अफ लुसियानाका प्राध्यापक दुर्गादत्त पौडेलको उक्त कृति सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 

अंग्रेजी भाषामा रहेको उक्त पुस्तकमा उनले जल, जमिन, जंगल, जनावर, जराजुरी लगायत आठ विषयको सेरोफेरोलाई संरक्षणसँगै उचित फाइदा लिन कस्ता नीतिहरु आवश्यक छन् भन्ने औँल्याएका छन् । संसारले पर्यावरणीय महत्वलाई बुझेर संरक्षणको नीति अवलम्बन गर्नुपर्नेमा पुस्तकमा विस्तृत वर्णन छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले पर्यावरणीय महत्व र संरक्षणका दृष्टिले पुस्तक गहकिलो सामाग्री भएको बताए । उनले मुलुकको जडिबुटी र जराजुरीमा धेरै सम्भावना रहेकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने भनाइ राखे । 

अर्को प्रसंगमा उनले राजनीतिको अहिलेको महँगो निर्वाचन प्रणालीबाट आएको सरकारले  देशको समस्याको गहन विषयमा छलफल नगरेको गुनासो गरे । कायापलट नै गर्ने बताउँदै सरकारको नेतृत्व लिएको २०६४ को माओवादी अहिले उठ्नै नसक्नेगरी भास्सिएको बताए ।
 
उनले. भने, ‘राजनीतिको अहिलेको यो महँगो निर्वाचन प्रणालीबाट आएको यो उत्पादनले त्यतातिर यो गहन विषयमा छलफल नै भएको छैन बहस नै छैन । हामी नयाँ शक्ति चाहिँ केही गर्न खोजिरहेको छौं ।’ 

दलहरुले राजनीतिमा आउँदा उठान गरेका जनताका मुद्दा सधैं बोकेर हिड्न सक्नुपर्ने उनले बताए । 
 





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार २१:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया