logo-img

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?
प्रतीकात्मक तस्वीर

जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।

निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।   

कस्ता हुन्छन् निमोनियाका लक्षण ?  



निमोनिया फोक्सोको गम्भीर संक्रमण हो, जसको सिकार साना बालबालिका, कमजोर व्यक्ति र वृद्धवृद्धा हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् । भाइरसका कारण फोक्सो सुन्निने र फोक्सोमा पानी भरिएपछि निमोनियाको संक्रमण हुन्छ । यसको मुख्य लक्षणमा ज्वरो, खोकी र थकान समावेश छ । 

बिरामीलाई खोकी लाग्छ । ज्वरोसँगै पसिना आउने र काम्ने लक्षण देखिन्छ । सास फेर्न गाह्रो हुन्छ । सास फेर्दा घ्यारघ्यारको आवाज आउँछ । छाती दुख्छ, भोक कम हुन्छ वा खानामा अरुचि हुन्छ । निमोनियाबाट पीडित बालबालिकाको ओठ र नङको रङ नीलो देखिन थाल्छ । 

प्रतिरक्षा प्रणाली कमजोर भएकाले बालबालिकासँगै वृद्धवृद्धालाई पनि निमोनियाको बढी जोखिम हुन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धवृद्धाले यो मौसममा निमोनियाबाट बच्न बढी व्यायाम गर्नुपर्छ ।



बच्ने उपाय 

रोग लागेर उपचार गराउने अवस्थामा पुग्नुभन्दा रोकथाम नै राम्रो हुन्छ । यस्तो अवस्थामा बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट जोगाउन धेरै प्रभावकारी उपाय अपनाउन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । 



चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ । विहान विहान व्यायायका लागि निस्कने तालिका बनाएकाहरूले घाम लागेपछि मात्रै निस्कनु हितकर हुन्छ । यदि बच्चालाई एन्टिबायोटिक दिइँदै छ भने, पूर्ण रुपमा मात्रा मिलाएर चिकित्सकले भनेको दिनसम्म खुवाउनु पर्छ । 

बच्चाको वरिपरि सरसफाइमा पूर्ण ध्यान दिनुहोस् । बच्चालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ । यदि बच्चालाई चिसो लागेको छ भने उसको छातीमा भिक्स लगाएर सुताउने र केही समय घाममा पनि राख्ने गर्नु पर्छ । यसले बच्चाको शरीरमा न्यानोपन प्रदान गर्दछ । 

साना बच्चाले पिसाब गर्दा उनीहरूलाई लामो समयसम्म भिजाउनुको सट्टा समय समयमा जाँच गरिरहनुहोस् । बच्चालाई डाइपर लगाएर राख्नुहोस् ताकि उनीहरूको शरीर सुक्खा राख्न सकियोस् । एजेन्सीको सहयोगमा 

  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ९:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया