इजरायलमा सवारी चालकको चर्को अभाव, भारतको हरियाणामा नयाँ भर्ना सुरु गर्दै इजरायली टोली

सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ । गत एक महिनादेखि हमाससँग युद्धमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरूलाई सबै कामहरूबाट निष्कासन गरिसकेको छ भने नयाँ काममा उनीहरूलाई कतै पनि प्रवेश गर्न कडा निषेध गरेको छ।

इजरायलको १५ सदस्यीय प्रतिनिधिमण्डल भारतको उत्तर प्रदेश सरकारसँग आफूलाई आवश्यक पर्ने दक्ष सवारी चालक सहयोग माग्दै औपचारिक प्रक्रियामा जुटिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

सवारी चालकका लागि आकर्षक तलब र विभिन्न बिमा सुविधा पनि प्रस्ताव गर्दै इजरायलले उपचार बिमासहित मासिक तलब भारतीय रुपैयाँ १ लाख ३७ हजार, गासवास र मासिक १६ हजार ५१५ बोनस समेत प्रदान गर्ने प्रस्ताव गरेको छ।

युद्धग्रस्त देशमा भारतीय कामदार लैजान अनुमति दिने कि नदिने भन्ने विषयमा भारतले स्पष्ट नीति सार्वजनिक नगरेकाले उत्तर प्रदेश सरकारले सवारी चालक भर्ना गर्न इजरायली प्रतिनिधिमण्डललाई अनुमति दिएको जनाइएको छ। एक साता पछि हरियाणामा नयाँ सवारी चालक भर्ना सुरु गर्ने बताइएको छ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएपछि सवारी चालक भर्नाका लागि उताबाट प्रतिनिधि भारत आएको बताइएको छ।





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ११:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया