जम्मु-कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले गुमाए ज्यान

भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।

जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनामा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका हुन् । तीमध्ये १६०० भन्दा बढी त जम्मु–कश्मीर प्रहरी रहेको उनले बताए ।

‘देशका विभिन्न सेनाका करिब ६ हजार बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन्,’ तीमध्ये १६ सयभन्दा बढी जम्मु र कश्मीर पुलिसका मात्र हुन्,’ स्वेनले १२औँ शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा भनेका हुन् । 
 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १२:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया