कोमोरोसको राष्ट्रपतिमा फेरि असुमानी निर्वाचित

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी भएका छन् । देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानी ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी भएका हुन् । 

पत्रकार सम्मेलनमा आयोगले असुमानीले कुल ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम इसा अब्दुल्ला २० दशमलव २६ प्रतिशत मत प्राप्त गरी उपविजेता भएको घोषणा गरेको छ । 

निर्वाचनमा १६.३ प्रतिशत मात्रै मतदान भए पनि आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै शान्त वातावरणमा आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरेको छ । निर्वाचन प्रक्रियामा संलग्न सबैको परिचालनको पनि प्रशंसा गरेको छ । 

करिब ९ लाख मतदाताले देशभरका ८६८ मतदान केन्द्रमा आफ्नो मत हालेका थिए । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १४:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया