पाकिस्तानको क्वेटामा बम विस्फोट : प्रहरीसहित ९ जना घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम विस्फोटमा एकजना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा विस्फोट भएको स्थानीय प्रहरीले बताएको छ । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपतकालीन विभागमा सारिएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ ।

बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १०:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया