अर्थतन्त्रमा सुधार हुँदै गएको गभर्नर अधिकारीको दाबी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि बिस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् । 

उनले भने, ‘समग्र रुपमा बैंकिङ सिस्टममा चुनौतीहरू छन् । चुनौतीविहीन हाम्रो सिस्टम छैन । पछिल्ला समयमा खासगरी रिकभरीको चुनौती छ, यो सधैँ रहने होइन । अर्थतन्त्रमा केही उतारचढाव आउँछन् तर मुलुकको अन्य खम्बाहरू बलियो बन्दै गएकाले त्यसले सपोर्ट गर्छ ।’

उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचे जति नकारात्मक नभएको दाबी गरे । 
उनले भने, ‘समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरे पनि अर्थतन्त्र त्यस्तो नराम्रो छैन । यद्यपि, लगानी कम भएकै हो । निर्माणहरू सुस्त भएको कारण ठूला उद्योगमा असर परेको छ । त्यसको सुधार हुन्छ भन्नेमा विश्वास छ ।’ 

गभर्नर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहिँ अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन । माग छैन भन्दैमा जथाभाबी दिन पनि भएन ।’ 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १४:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया