काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना : दुईको मृत्यु, दुईजना घाइते
प्रतीकात्मक तस्वीर

बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङको लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस गएराति दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुईजना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।

शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया