प्रधानमन्त्री कपमा मयन यादवले खेले ११५ रनको शतकीय पारी
तस्बिर : क्यान

मधेश प्रदेशका ब्याटर मयन यादवले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा शतकीय पारी खेलेका छन् । उनले सोमबार सुदूरपश्चिम प्रदेशविरुद्ध १२८ बलमा ८ चौका र २ छक्काको मद्दतमा १ सय १५ रनको पारी खेलेका हुन् ।  

राष्ट्रिय प्रतियोगितामा मयनको यो पहिलो शतक हो । उनकै शतकीय पारीको मद्दतमा मधेशले सुदूरपश्चिमलाई ३ सय २० रनको बलियो लक्ष्य दिएको छ ।

उसका लागि मयनले ११५ सहित पवन सर्राफले ७०, अनिल साहले ६९, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ र कप्तान हरिशंकर साहले १४ रन जोडे । 

सुदूरपश्चिमका लागि युवा अलराउन्डर शेर मल्लले १० ओभरमा ६५ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, नारायण जोशी र गजेन्द्र बोहराले एक/एक विकेट हात पारे ।



जारी प्रतियोगितामा सुदूरपश्चिमले तीन म्याच खेल्दा सबैमा जित निकालेको छ । यस्तै, मधेश प्रदेशले पाँच खेल खेल्दा तीनमा जित र दुई खेलमा जित हात पारेको छ ।




  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १४:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया