‘अर्थतन्त्र संकटमा छैन, व्यवसायीहरूको आत्मबल घटेको छैन’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले अर्थतन्त्र संकटमा रहेको र व्यवसायीहरूमा आत्मबल घटेको विषय सत्य नभएको बताएका छन् । सोमबार ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले १६ औँ योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि भन्दा उद्योगको लागि कच्चा पदार्थ देशभित्र उत्पादन गर्नुपर्ने लक्ष्य लिएर अगाडि बढेको बताए । 

उनले भने, ‘अर्थतन्त्र संकटमा छ, व्यवसायीहरूमा आत्मबल छैन, भन्ने कुरामा सत्यता छैन । हामीले सम्भावना भएका कामहरू पनि गर्न सकेनौ किनभने उद्योगहरू ठप्प थिए । अब १६औँ योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि देशभित्रै कच्चा पदार्थ उत्पादन हुनुपर्छ । त्यसमा हाम्रो लक्ष्य हुनुपर्छ ।’

उनले मुलुकको विकासलाई पुनःसंरचना गर्न आवश्यक भएको भन्दै त्यसको लागि व्यापारलाई बढाएर आयात घटाउनुपर्ने बताए । उनले भने, ‘हामी मुलुकको १६ औँ योजना तर्जुमा गर्दैछौँ, माघ मसान्तसम्ममा यो योजना तर्जुमाको काम सकेर फाइल गर्छौ । मुलुकको विकासलाई रिओरेन्ट गर्दै छौँ । निर्यात बढाउन सक्ने आयातलाई रोक्न सक्ने खालको के विधि अपनाउनुपर्छ । त्यसमा भन्सारको पनि ठूलो महत्त्व हुन्छ ।’  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १६:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया